IME Life

बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन, बीमा कम्पनीलाई एकै पटक निरिक्षण गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेका हुन् । अध्यक्ष सिलवालले नयाँ सफ्टवेयर मार्फत अभिकर्ताको लाइसेन्स प्रिन्ट गरेर औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

Prabhu
Crest

यो सफ्टवेयरमा बीमा कम्पनीहरुले कानुन बमोजिम उपलब्ध गराउनु पर्ने विवरण यहि सफ्टवेयरमा राख्न सक्ने छन् । बीमा कम्पनीहरुले आफैले सफ्टवेयरमा तथ्याङ्क राख्न पाउने भएकाले बीमा समितिले सहि र यथार्थ परक तथ्याङ्क पाउने अपेक्षा गरिएको छ ।

अध्यक्ष सिलवालले सूचना तथा प्रविधिको बदलिदो समयमा बीमा समिति आफै पनि बदलिनु पर्ने मान्यताका साथ अहिलेको चरणमा आइपुगेको बताए । उनले भने ‘प्रारम्भ पनि हो र अन्त्य पनि होइन । किनभने संसारमा आएका धेरै प्रविधिहरुलाई हामीले पनि अबलम्बन गर्दै पर्ने हुन्छ ।’

यदि नयाँ प्रविधिलाई अवलम्बन गरिएन भने बीमा प्रतिको विश्वसनियतालाई जोगाउन पनि गाह्रो पर्ने भएकाले नयाँ नयाँ प्रविधिलाई बीमा समिति अबलम्बन गर्ने उनले जानकारी दिए । उनले थपे ‘जति धेरै भौतिक उपस्थितिलाई कम गर्दै जान्छौ त्यति नै हिसावले हामी ससक्त बन्दै जान सक्छौ ।’

यस सफ्टजेयर सम्पुर्ण बीमा कम्पनीहरुलाई जोड्ने भएकाले उनिहरुले कानुन बमोजिम बीमा समितिलाई उपलब्ध गराउनु पर्ने तथ्याङ्क बोकेर बीमा समितिमा आउनु पर्ने झण्झट हटेको सिलवालले बताए । उनले भने ‘अव उहाँहरुले कम्प्युटरमा इन्ट्रि गर्ने वित्तीकै हामीले प्राप्त गर्न सक्छौ ।’

सफ्टवेयरले उपलब्ध गराउने तथ्याङकले बीमा समितिलाई पोलिसी बनाउन नीति निर्देशन गर्न पनि सजिलो हुने उनले जानकारी दिए । ४१ वटा कम्पनीले भौतिक रुपमा उपस्थित भएर काजगपत्र बुझाउन आउदा बीमा समितिले उनिहरुलाई समय दिनै पर्ने हुन्छ । यो सफ्टवेयर आए सँगै बीमा समितिका कर्मचारीहरु सँग उनिहरुलाई भेट्ने समय बचत हुने र उक्त समय अन्य काम गर्नका लागि उपयोग गर्न सकिने सिलवालको तर्क छ ।

यस सफ्टवेयर मार्फत कानुन सम्बन्धी, उजुरी सम्बन्धी, नियमन सम्बन्धी, नीति विश्लेषण सम्बन्धी, परिपालन सम्बन्धी साथै दाबी तथा सम्पन्ती शुद्धिकरण सम्बन्धी विवरणहरु प्राप्त हुने समितिले जनाएको छ । बीमालेख तथा बीमाङ्की सम्बन्धी, अण्डरराइटिङ सम्बन्धी, वित्तीय लेखापरिक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्न सकिने छ । त्यस्तै स्थलगत सुरपरिवेक्षण सम्बन्धी, कृषि तथा लघु बीमा सम्बन्धी, पुर्बीमा सम्बन्धी विवरणहरुका साथै इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु एकमुष्ठ रुपमा प्राप्त गर्न सकिन्छ ।

समितिको आन्तरिक तथ्याङ्क व्यवस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्याङ्कहरु व्यवस्थापन गर्नका लागि यस नयाँ सफ्टवेयर जडान गरिएको हो । यस सफ्टवेयर मार्फत समितिको काम बारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्याङ्क एवं सूचनाहरु व्यवस्थापनमा पनि सहज हुने विस्वास गरिएको छ । समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले बीमा समितिमा यस नयाँ सफ्टवेयर ‘इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम जडान गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS