मानुषी लघुवित्तले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोडबाट अनुमति पाएको छ ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो । बोर्डले संस्थालाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार