काठमाडौं । आजदेखि अल्पकालिन लगानीकर्ताहरुले पूँजीगत लाभकर ७.५ प्रतिशत तिर्नु पर्ने छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा एक वर्ष भन्दा कम अवधिमा शेयर बिक्री गर्नेले ७.५ प्रतिशत पूँजीगत लाभकर भुक्तानी गर्ने पर्ने व्यवस्था गरिएको छ । तर एक वर्ष भन्दा लामो समय होल्ड गरेर बिक्री गर्नेहरुले पनि साविककै ५ प्रतिशत पूँजीगत लाभकर भुक्तानी गरे हुन्छ ।
गत जेठ १५ गते चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजीगत लाभरको गणना विधिलाई परिवर्तन गरिदिएका थिए । यस भन्दा अगाडि अल्पकालिन र दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताका लागि पूँजीगत लाभकर समान थियो ।
लगानीकर्ताले बोनस शेयर र हकप्रद शेयर मार्फत प्राप्त भएको शेयर बिक्री गर्दा वेटेज एण्ड एभरेज गणना विधि अनुसार पूँजीगत लाभकर भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।