IME Life

रियल टाईम सफ्टवेयर प्रयोग गरि आजै कारोबार बन्द गर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई परिपत्र जारी गर्दै कारोबार बन्द गर्न निर्देशन दिएको छ । समितिले रियल टाईम सफ्टवेयर प्रयोग गरि बैंक खातामा रकम प्राप्त भए पछि मात्रै पोलिसी जारी गर्न निर्देशन दिएको हो ।

समितिले केहि दिन अगाडि सम्पुर्ण कम्पनीहरुलाई पत्र काट्दै उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको थियो । गएका वर्षमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको १० दिनसम्म पनि ब्याक डेट राखेर पोलिसी जारी गर्ने गरेका थिए । तर, यस पटक भने यि सबै अभ्यासलाई नियन्त्रण गर्दै आज जारी भएका पोलिसीलाई मात्रै मान्यता दिने भएको छ ।

Prabhu
Crest

सफ्टवेरमा आज इन्ट्रि भएको पोलिसीलाई मान्यता दिइनेछ साथै उक्त इन्ट्रि भएको पोलिसीको भुक्तानीको चेक आजै क्लियरिङ हुनु पर्नेछ । कतिपय कम्पनीहरुले आज दिउसै बैंकमा आफ्नो तर्फबाट पैसा जम्मा गरेर राति १२ बजेसम्म पनि पोलिसी काट्ने तरखरमा छन् । अहिले बीमा कम्पनीका सम्पुर्ण केन्द्रदेखि शाखा कार्यालय खुलै छन् । कर्मचारीहरु पोलिसी काटिरहेका छन् ।

दिनभरी बैंकमा पैसा जम्मा गरेर बसेका कम्पनीका कर्मचारी राति अवेरसम्म पनि सफ्टवेयरमा पोलिसी इन्ट्रि गरेरै बसिरहेका छन् । आज अभिकर्ता, कर्मचारी तथा शाखा प्रमुखहरुले टार्गेट पुरा गर्ने अन्तिम दिन हो । कम्पनीको नियम अनुसार वार्षिक तलब सुविधाका लागि टार्गेट पुरा गर्नु पर्ने बाध्यताले गर्दा अभिकर्ताहरु राति अवेसम्म पोलिसीका लागि तल्लिन छन् । साथ साथै शाखा प्रमुख तथा कर्मचारीहरु प्रमोसनका लागि तोकिएको टार्गेट तथा आफ्नो प्रस्तुति दिन लागि परिरहेका छन् ।

यसैले गर्दा गएका वर्ष भन्दा यस वर्ष बीमा कम्पनीहरुमा फरक अभ्यास देखियो । गएका वर्षमा असार मसान्तसम्ममा अभिकर्ताको एजेन्सी कोड लिने र बाँकी १० औ दिन पोलिसी काटेर बस्ने गरेका थिए । तर समितिले उधारो पोलिसीमा र असार मसान्तसम्मा जारी भएका पोलिसीको अनिवार्य भुक्तानी हुँनै पर्ने साथै सफ्टवेयर मार्फत जारी भएका पोलिसीहरु रियलटाइममा देखिनै पर्ने बाध्यताले पनि अप्ठ्यारोमा परेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS