IME Life

सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीको वार्षिक तलब भत्ता ४७ लाख ३४ हजार

SPIL
NIC ASIA

काठमाडौं । सरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले एक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत ४७ लाख ३४ हजार २८८ रुपैयाँ बुझेका छन् । यस बाहेक उनले नियम अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बोनस रकम, इन्सेन्टिभ तथा विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

क्षेत्रीको अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा तलब सुविधा घटेको छ । अघिल्लो आर्थिक वर्षमा उनले ५१ लाख ८३ हजार ३३८ रुपैयाँ बुझेका थिए । प्रमुख कार्यकारी अधिकृत करारमा नियुक्ति गरिने भएकाले तलब निस्चित हुन्छ तर अन्य सुविधाका कारणले बोझिलिने रकममा भने फरक पर्न जान्छ ।

त्यस्तै सञ्चालक समितिले पनि गत आर्थिक वर्षमा बैठक भत्ता बापत ५ लाख ९८ हजार रुपैयाँ बुझेका छन् । लेखा तथा अन्य समितिका पदाधिकारीहरुले ४ लाख २४ हजार रुपैयाँ भत्ता प्राप्त गरेको कम्पनीले जनाएको छ । यस बाहेक सञ्चालकहरुका लागि पत्रपत्रिका तथा इमेल बापत ६ लाख ९६ हजार रुपैयाँ खर्च भएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिका पदाधिकारीहरुलाई भत्ता तथा अन्य सुविधा दिए बापत १७ लाख १८ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS