IME Life

अर्थमन्त्री शर्माको पहिलो निर्णय : कोरोना खोपका लागि ५ अर्ब निकासा

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली सँगै कोरोना विरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा गरेका छन् । उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले पेश गरेका तीन वटा फाइललाई सदर गर्दै शर्माले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति दिएका छन् । त्यस्तै आइसियु एचडियु थप्न थप रकम प्रदान गर्ने निर्णय गरेका छन् ।

Prabhu
Crest

कोभिड – १९ जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति दिएका छन् ।

कोभिड – १९ संक्रमितलाई निशुल्क उपचार सेवा उपलव्ध गराए वापत् केन्द्रिय र प्रादेशिक अस्पताललाई ५६ करोड ४१ लख रकमान्तर र वित्तिय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सर्शत अनुदानको रुपमा हस्तान्तरण गर्न पनि अर्थमन्त्री शर्माले सहमति प्रदान गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै हिजै बसेको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS