IME Life

बीमा समितिले भोलि हिमालयन रि-इन्स्योरेन्सको स्थलगत निरिक्षण गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले भोलि हिमालयन रि-इन्स्योरेन्सको कार्यालय निरिक्षण गर्ने भएको छ । समितिले भोलि स्थलगत निरिक्षण गरेर व्यवसाय शुभारम्भका लागि अन्तिम स्वीकृति प्रदान गर्ने भएको हो । कम्पनीले बालुवाटारमा केन्द्रिय कार्यालय स्थापना गरेको छ ।

समितिले भोलि कम्पनीको कार्यालय लगायतका भौतिक तथा कम्पनको सफ्टवेयरको निरिक्षण गर्नेछ । निरिक्षणका क्रममा आवस्यक सुझाव दिएर व्यवसाय शुभारम्भका लागि अन्तिम स्वीकृति पनि दिने छ । कम्पनीले गएको साता पुनर्बीमा व्यवसाय सञ्चालन अनुमतिपत्र प्रदान गरेको थियो ।

Prabhu
Crest

समितिले हिमालयन रिलाई गत जेठ १७ गते लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । समितिको निर्णय पछि कम्पनीले आवस्यक पूँजी जुटाउनुका साथै कार्यालय स्थापनाको सम्पुर्ण तयारी पुरा गरेको छ । द्रुत गतिमा काम गरेको हिमालयनले प्रमुख कार्यकारी अधिकृत सहित तीन जना कर्मचारी भारतबाट ल्याएको छ । उनिहरुको नियुक्तिलाई अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पेश गरिएको छ ।

समितिले अनुमति दिने वित्तीकै प्रमुख कार्यकारी अधिकृत विदेशबाट आउनेछन् । नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी हुँदा स्वस्थ प्रतिपर्धा भएन भनेर समितिले थप एउटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो । कम्पनीले मिल्यो भने भोलि नत्र पर्सी असार ३१ गते पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने तयारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS