IME Life

भोलिदेखि नेशनल र महिला सहयात्रा लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।

प्राप्ति पश्चात दुई कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार शुरु गर्न लागेका हुन् । ती दुबै कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो ।

नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ्गमा र महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरमा रहेको छ । एकीकृत कारोबार पछि केन्द्रीय कार्यालय पुछारबजार, धादिङ्गमा रहने कम्पनीले जानकारी दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS