काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५० दशमलव ३७ प्रतिशत बोनश शेयर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्तले गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०औं वार्षिक साधारण सभाबाट पारित ३१ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । यी दुवै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।