आरविवि म्युचुअल फन्डको इकाईमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । असार २३ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको आरविवि म्युचुअल फन्डको इकाईमा  आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई विक्री गर्न लागेको हो ।

जसमध्ये १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाईको १३५ कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र २५ इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस इकाईमा छिटोमा भोलि असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार