IME Life

दुई कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । आज युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा हुँदैछ । युनियन हाइड्रोपावर लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । कर्पोरेट डेभलपमेण्ट बैंकले १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा युनियन हाइड्रोपावर कम्पनीले कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाट क्षमताको मिदिम खोला करापु जलविद्युत् आयोजनको लागि लिईएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि कम्पनीले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको हो ।

हकप्रद शेयर निष्काशनको प्रस्तावसँगै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

सभाका लागि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णग गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साथै कम्पनीको कार्यक्षेत्र न्यूनतम जोडिएका पाँच जिल्ला हुने भएकाले हाल कार्यक्षेत्रमा जोडिएका एकै प्रदेशभित्रका बारा, रौतहत, सर्लाही र महोत्तरी जिल्ला थप गर्ने निर्णय पनि सभाले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS