काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा दुई लघुवित्तको शेयर सुचिकृत भएको छ । नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको हो ।
महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता शेयर सुचिकृत भउको हो ।
नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सुचिकृत भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।