IME Life

पाँच वर्ष पुरानो लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै आफ्ना शेयरधनीहरुलाई यस्तो जनाएको छ ।

बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ वर्षसम्म पनि शेयरधनीले लाभांश बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था भएको हुँदा नगद लाभांश नलिएका शेयरधनीलाई बैंकले बुझिलिन आग्रह गरेको हो ।

Prabhu
Crest

बैंकले सुचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो सक्कल नागरिकताका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंको शेयर शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त मितिसम्म आफ्नो लाभांश बुझिलिन नआउने शेयरधनीको उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS