IME Life

एनआईविएल सहभागिता फण्डमा दुई गुणाले लगानी बढाउने अवसर

SPIL
NIC ASIA

काठमाडौं । एनआईविएल सहभागिता फण्डले दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना लगानीकर्ताहरुलाई आफ्नो लगानी दुई गुणासम्म बृद्धि गराउने अवसर प्रदान गरेको छ ।

यस योजनामा व्यक्तिगत ग्राहकहरुले मात्रै सहभागिता जनाउन पाउने योजना व्यवस्थापक एनआईविएल एस क्यापिटलले जनाएको छ । यस योजनामा सहभागिता जनाउन न्युनतम पनि ३०० इकाई खरिद गर्नु पर्नेछ । लगानीकर्ताले २०७८ असार २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

योजनाको नतिजा आगामी साउन १५ गते गोलप्रथाद्धारा फेसबुक लाइफ मार्फत सार्वजनिक गरिनेछ । योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने छ । उक्त २० भाग्यसाली ग्राहकहरुले दिएको आवेदनको दोब्बर वा पछिल्लो न्याभ ल्यालुका आधारमा १० हजार मध्ये जुन कम हुन्छ सोहि अनुसार म्युचुअल फण्डको इकाइ पुरस्कार स्वरुप पाउने छन् । यस बाहेक उनिहरुले आफ्नो लगानी व्यवस्थापनको सुविधा पनि पाउने क्यापिटलले जनाएको छ ।

एनआईविएल एस क्यापिटलले दुई वर्ष अगाडि नेपालमै पहिलो पटक खुला मुखी म्युचुअल फण्ड जारी गरेको थियो । हाल यस फण्डको न्याभ भ्यालु १७.३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS