IME Life

कोरोनाले सार्वजनिक सवारीको आयात घट्यो, निर्जीवन बीमाको आम्दानीमा कस्तो प्रभाव पर्ला?

SPIL
NIC ASIA

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुको आम्दानीको मुख्य श्रोतको रुपमा रहेको चारपाङ्ग्रे सवारी तथा मालबाहक साधनको आयात परिमाणमा गिरावट आएको छ । सवारी साधन आयात हुने प्रमुख भन्सार नाका वीरगन्ज भन्सारले सार्वजनिक गरेको ११ महिने तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा जीपकार, डबल भ्यान पिकअप, बस ट्रक चेसिस, अटोरिक्सा टेम्पो, बस, मिनिबस चेसिस, स्प्रेयर जडान भएको ट्रकको आयात परिमाणमा ७ देखि ९७ प्रतिशतसम्म गिरावट आएको छ ।

गाडीको संख्या घट्ने वित्तीकै तेस्रो पक्षको दुर्घटना बीमा बापतको प्रिमियममा सोझै गिरावट आउनेछ । तर कतिपय सवारीसाधनको मूल्य बढेकाले संख्या घटे पनि बीमाङ्क रकम बढेकाले बीमा शुल्कमा धेरै ठुलो अन्तर देखिने छैन ।

Prabhu
Crest

पछिल्लो तथ्याङ्क अनुसार सार्वजनिक यातायातका सवारी साधनको आयात ६१ प्रतिशतले घटेकाले सोहि अनुपातमा बीमा शुल्क पनि घट्ने छ । ढुवानीको साधनहरु ट्रक, मिनी ट्रक, ट्याक्टरको आयात संख्या घटेपनि रकम भने बढेको छ । यस तर्फको बीमा शुल्कमा धेरै ठुलो प्रभाव पर्ने देखिदैन । तर तेस्रो पक्ष तर्फको बीमा शुल्कमा भने असर गर्नेछ । यस वर्ष मोटर बीमा तर्फको निजी मोटर साइकलको बीमा शुल्कमा भने राम्रै सुधार हुने देखिएको छ ।

सार्वजनिक यातायातका साधनको आयात घट्यो:

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७९ को जेठ मसान्तसम्ममा बसको आयात ८७ र मिनीबसको आयात ६१ प्रतिशतले ह्रास आएको छ । गत वर्ष समिक्षा अवधिमा ३४ करोड १६ लाख रुपैयाँको बस आयात गरिएकोमा यस वर्ष ११ करोड ६५ लाख रुपैयाँको मात्र आयात भएको छ । त्यस्तै ३३ करोड ८५ लाख रुपैयाँको मिनीबस भित्रिएकोमा यो वर्ष जेठसम्ममा १० करोड रुपैयाँको मात्र मिनीबस आयात गरिएको छ ।

स्थानीय यातायात साधनको रुपमा प्रयोग हुने मिनी बस, माइक्रो बसको चेसिस आयात  र भन्सार राजश्व दुबै ४८ प्रतिशतले घटेको छ । त्यसैगरी गाडीको बडी आयात परिमाणमा ९७ प्रतिशत नकारात्मक भएपनि आयात मूल्य वृद्धि हुँदा भन्सार राजश्व ३३ प्रतिशतले बढेको छ।

सार्वजनिक यातायातका साधनमा सवारी साधनको बीमा, चालकको बीमा, यात्रुको बीमा र तेश्रो पक्षको बीमावापत निर्जीवन बीमा कम्पनीले बीमाशुल्क आर्जन गर्छन् । तर यो वर्षको तथ्यांकले यसबाट हुने बीमाशुल्क आम्दानीमा नकरात्मक प्रभाव पर्ने संकेत गरेको छ ।

त्यसैगरी ढुवानीको साधनको रुपमा प्रयोग हुने ट्रक, मिनी ट्रक, ट्याक्टरको आयात बढेको छ । ट्रकको आयात परिमाण ३२ प्रतिशत र निजी सवारीको आयात स्थिर छ । निजी सवारी साधनको रुपमा प्रयोग हुने जीप, कार, भ्यानको आयात परिमाणमा ५ प्रतिशतले गिरावट आएपनि आयात मूल्य बढेको छ ।  गत आर्थिक वर्षको जेठसम्ममा ६ अर्ब २५ करोड रुपैयाँको जीप, कार, भ्यान भित्र्याइएकोमा चालू आर्थिक वर्षमा ६ अर्ब ३७ करोड रुपैयाँको आयात भएको छ । यो शीर्षकको आयातबाट भन्सारको राजश्व असुलीमा १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

विशेष गरी निर्माण परियोजनाहरुको स्थलगत भ्रमण वा अफ रोड यात्राको लागि प्रयोग हुने डबल क्याब, पिकअप गाडीको आयात परिमाणमा २० प्रतिशतले ह्रास आएको छ । आयात मूल्य १ अर्ब ५३ करोड रुपैयाँबाट १ अर्ब २६ करोड रुपैयाँमा झरेको छ । सिंगल क्याब पिकअप गाडीको आयात परिमाण भने ३८ प्रतिशतले वृद्धि भएको छ । ६८ करोड ९५ लाख रुपैयाँको सिंगल क्याब खरिद भएकोमा ९२ करोड ५० लाख रुपैयाँको सिंगल क्याब खरिद गरिएको छ ।

मोटरसाइकलको व्यापार चम्कियो:

कोरोना महामारीको कारण सार्वजनिक यातायात खुम्चिंदा दुईपाङ्ग्रे सवारी साधनको आयात चम्किएको छ । गत आर्थिक वर्ष जेठसम्ममा ७० प्रतिशतले आयात परिमाण बढ्दा ८ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ । मोटरसाइकलबाट प्राप्त हुने तेश्रो पक्ष बीमावापतको आम्दानी ह्वात्तै बढ्नेमा शंका छैन । गतवर्ष देखिको कोरोना महामारीको कारण सार्वजनिक सवारी साधनको साटो निजी सवारी साधनको प्रयोग तर्फ आम उपभोक्ताको आकर्षण बढ्दै गएको छ । आयात जुन अनुपातमा बढेको त्यहि अनुपातमा बीमा कम्पनीले आर्जन गर्ने मोटर बीमाको बीमा शुल्क पनि बढ्ने छ ।

भन्सार कार्यालयले जारी गरेको १८ प्रकारका  सवारीसाधनको सूचीमध्ये १६ वटामा चारपाङ्ग्रे सवारीको तथ्याङ्क समेटिएको छ । चारपाङ्ग्रे सवारीको आयात परिमाणमा २३ प्रतिशतले  गिरावट आएको छ । तर दुई पाङ्ग्रे सवारीसाधन समेत गरि सवारी साधनको आयात मूल्य भने १६.९९ प्रतिशतले बढेको छ । जेठसम्ममा चालू आर्थिक वर्षमा २७ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ र गत आर्थिक वर्षमा २३ अर्ब ४२ करोड ७१ लाख रुपैयाँको सवारीसाधनको आयात भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS