IME Life

असार २८ गतेदेखि २ अर्बको ऋणपत्र विक्री गर्दै लक्ष्मी बैंक, ब्याजदर कति ?

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेबाट २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले १० वर्ष अवधिको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५ प्रतिशत हुनेछ ।

Prabhu
Crest

निष्काशन गर्न लागेको कुल ऋणपत्रजसमध्ये कुल कित्तामध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार ३१ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबीबी प्लस’ रेटिङ दिएको छ ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS