शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्क बीमामा किसानको आकर्षण, खडेरी पर्ने वित्तीकै दाबी पाइने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ५ वर्ष अगाडि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरेको बीमा योजना प्रभावकारी बन्दै गैइरहेको छ । बीमा समितिले २०६९ माघ एक गतेदेखि सुरु गरेको कृषि बीमा खासै प्रभावकारी नभैरहेको सन्दर्भमा शिखरले कर्णाली प्रदेशमा स्याउखेति किसानहरुलाई लक्षित गर्दै यो पोलिसी सुरु गरेको थियो ।

समितिले सुरुका दिनमा ७ वटा मात्रै बीमालेख जारी गरेकोमा पछिल्लो समय २६ वटा बीमालेख कार्यान्वयनमा छन् । समितिले जारी गरेका पोलिसी भन्दा फरक हिसावले शिखरले यो बीमा पोलिसी ल्याएको थियो ।

कृषि तथा पशुधन बीमामा जहिले पनि बीमा कम्पनी र कृषक विचमा विवाद हुने गरेको छ । कतिपय मोरल हेजार्ड ‘नैतिक जोखिम’का कारण पनि यसमा विवाद शिर्जना हुने गरेको पाइन्छ । यहि सन्दर्भमा शिखरले अन्तर्राष्ट्रिय स्तरमा भैरहेको अभ्यासलाई पच्छ्याउदै दुबै पक्षमा विवाद नहुने गरि मौसम सूचकाङ्कका आधारमा स्वत दाबी भुक्तानी हुने गरि यो पोलिसी जारी गरेको हो । यसमा मौसमको जोखिमलाई हेरिन्छ । मौसम विद तथा प्राविधिकहरुको रिपोर्टका आधारमा दाबी भुक्तानि गर्ने व्यवस्था रहेको छ ।

शिखरले हाल जुम्ला, मुगु र कालिकोटका स्याउ किसानहरुको बीमा गर्दै आएको छ । कम्पनीले असिना र सुख्खा खडेरीले पुर्याउने क्षतिको जोखिमलाई बीमा गर्ने गरेको छ । यि जिल्लाका किसानहरु असिना र सुख्खा खडेरिका कारण जोखिममा पर्दै आएका छन् । असिनाको जोखिमबाट हुने क्षतिलाई लागत मूल्यका आधारमा दाबी भुक्तानी गरिन्छ । बीमा समिति र कम्पनीले तयार पारेका मापदण्डका आधारमा लागत मूल्य निर्धारण हुन्छ ।

तर शिखरले सुरु गरेको मौसम सूचकाङ्कको लागि भने मौसम मापन केन्द्रले उपलब्ध गराएको तथ्याङ्कका आधारमा भुक्तानी गरिन्छ । यस क्षेत्रमा चैत १५ देखि जेठ १५ सम्मको अवधिमा खडेरीको उच्च जोखिम हुने र खडेरिका कारण स्याउको उत्पादकत्व नै ह्रास हुने गरेको छ । यहि जोखिमलाई बहन गर्ने गरि शिखरले २०७३ सालमा यो पोलिसी ल्याउदा किसानले खासै पोत्याएनन् । सो वर्ष खडेरि नपरेकाले एक रुपैयाँको पनि दाबी परेन । तर अर्को वर्ष ३५१ जनाले बीमा गरेकोमा असिनाका कारण ठुलो क्षति भयो । यस बापत ३२१ जनाले १५ लाख २७ हजार रुपैयाँको दाबी भुक्तानी पाए । त्यस पछि किसानको यस बीमा पोलिसीमा सर्वाधिक आकर्षण देखियो ।

तेस्रो वर्षमा ११८६ वटा पोलिसी जारी भयो । किसानमा बीमा गर्नु पर्ने रहेछ भन्ने चेतनाका कारण अहिले जुम्ला, मुगु र कालिकोटमा यो पोलिसीमा किसानको सर्वाधिक आकर्षण रहेको छ । चालु आर्थिक वर्षमा मात्रै शिखर एक्लैले २१०० वटा पोलिसी बिक्री गरिसकेको छ । स्याउ किसान सँगै अहिले धान खेतिको पनि मौसम सूचचाङ्कका आधारमा बीमा सुरु भएको छ । यस वर्ष कम्पनीले अन्य जिल्लामा यस्तो पोलिसी जारी गर्ने योजना बनाएकोमा कोभिड १९ का कारण अगाडि बढ्न सकेको छैन ।

के हो मौसम सूचकाङ्क बीमा

किसानहरु समयमा पानि नपर्दा हरेक वर्ष मारमा पर्दै आएका छन् । खेति किसानी मौसममा भर पर्नु पर्दा कहिले खडेरिका कारणले, कहिले पानि धेरै पर्दा ठुलो जोखिम बेहोर्नु परिरहेको छ । यसै सन्दर्भमा बीमा कम्पनीहरुले सम्बन्धित खतिका कस्तो मौसमको आवस्यक पर्ने र उक्त मौसममा कस्तो किसिमको परिवर्तन हुँदा कति जोखिम पर्ने भन्दै प्राविधिक विश्लेषण गर्छन् । यो बीमा गरिसके पछि बीमा कम्पनीहरु प्राविधिक लिएर किसानको फार्ममा जानु पर्दैन ।

कम्पनीहरुले मौसम मापन केन्द्रमा सम्पर्क गर्छन् र उक्त सूचकका आधारमा दाबी भुक्तानी गर्ने नगर्ने निर्यौल गर्छन् । यसका लागि किसानको फार्म नजिकै मौसम मापन केन्द्र हुनु पर्छ । यदि यस्तो केन्द्र छैन भने कम्पनीले बीमा गर्दैनन् ।

जुम्लामा मौसम सूचकाङ्क बीमा गर्नु भन्दा अगाडि शिखरले विगत ३० वर्षको मौसमको अध्ययन गरेको थियो । सो तथ्याङ्क हेरेर जोखिमको मूल्याङ्कन गर्यो । सोहि मूल्याङ्कनका आधारमा बीमा शुल्क निर्धारण गरियो ।

यदि फार्म भएको क्षेत्रमा ६० मिलिमिटर वा सो भन्दा कम पानि पर्यो भने किसानले दाबि पाउछन् । ६० मिलिमिटर भन्दा बढि पानि पर्यो भने कसैले पनि दाबी पाउदैनन् । तर ६० मिलिमिटर वा सो भन्दा कम पानि पर्यो भने पानिको मात्रा अनुसार कृषकले स्वत दाबी रकम प्राप्त गर्छन् । ६० मिलिमिटर पानि पर्यो भने बीमाङ्क रकमको १.६७ प्रतिशत दाबी रकम प्राप्त गर्छन् । यदि एक मिलिमिटर मात्रै पानि पर्यो भने किसानले बीमाङ्क रकम बराबरकै दाबी प्राप्त गर्छन् ।

 

कम्पनीलाई सुरुमा केहि एनजिओहरुले प्राविधिक सहयोग गरेका थिए । मौसम मापन केन्द्रबाट तथ्याङ्क संकलनका लागि उक्त एनजिओले कम्पनीलाई धेरै नै सहयोग गर्यो । जसले गर्दा शिखरलाई धेरै हदसम्म सजिलो पनि भयो । युके एड नामक अन्तर्राष्ट्रिय संस्थाले फण्डिङ गरेका ति एनजिओका कारण किसानहरु लाभांन्वित थिए । यसै क्रममा शिखरले पुर्याएको योगदानका कारण ‘इनोभेटिभ क्लाइमेट चेन्ज एडप्टेसन इन नेपाल’ अन्तर्गत तेस्रो पुरस्कार हात पार्यो । यस पुरस्कार बापत कम्पनीले ५० हजार पाण्ड स्टर्लिङ प्राप्त गरेको छ । यो रकमबाट कम्पनीले जुम्लाका किसानलाई स्याउ खेतिका लागि बेर्ना उपलब्ध गराउने भएको छ ।

यसरी दाबी भुक्तानी गर्दा बीमित र बीमक विचमा विवाद लगभग सून्य हुन्छ । कतिपय मोरल हेजार्डबाट पनि बीमा कम्पनीहरु मुक्त हुन्छन् । विश्वमै कृषि तथा पशु बीमा गरेर बीमा कम्पनी मुनाफामा छैनन् । कृषक सकेसम्म धेरै दाबी भुक्तानी लिन खोज्ने र बीमक सकेसम्म कम दाबी भुक्तानी गर्न खोज्ने प्रवृत्तीका कारण समस्या सिर्जना हुँदै आएको छ । यदि नेपालमा अन्य क्षेत्रमा पनि यस्तो किसिमको बीमा गरिने हो भने किसान धेरै नै लाभांन्वित हुन सक्छन् । स्याउ सहित अन्य फलफुल, धान, मकै, गहुँ खेतिमा यस्तो पोलिसी बिक्री गर्न सकिने विज्ञहरु बताउछन् ।

तर नेपालमा सबै ठाउँमा मौसम मापन केन्द्र नहुँदा बीमा हुन सक्दैन । एउटै जिल्लामा पनि डाँडावारी र डाडापारिको मौसम समान हुँदैन । त्यसैले गर्दा यस्ता केन्द्रहरु धेरै स्थानमा स्थापना गरिनु पर्छ । यो पोलिसी लागत मूल्यका आधारमा मात्रै दाबी भुक्तानी हुने भएकाले अन्य सुविधाका लागि बीमितले अन्य किसिमका जोखिमको थप बीमा गर्नु पर्छ । जस्तो असिनाबाट हुने क्षति, किराबाट हुने क्षति, बाढि पहिरोबाट हुने क्षति, विभिन्न रोगहरुबाट हुने क्षतिका लागि छुट्टा छुट्टै बीमा गर्नु पर्दा किसानलाई प्रिमियम महंगो पर्न सक्छ । तर नेपाल सुहाउदो यस्तो पोलिसी ल्याउदा कृषकहरु लाभान्वित हुने विज्ञहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार