IME Life

हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन ५ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले यस कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

Prabhu
Crest

साउन ५ गतेबाट निष्काशन गरिने उक्त हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ ।

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS