IME Life

एनएलजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव बीमा समितिमा, चुक्ता पूँजी एक अर्ब ६८ करोड पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशनको स्वीकृतिका लागि बीमा समितिमा प्रस्ताव पेश गरेको छ । सञ्चालक समितिले बोनस शेयर वितरण पछि कामय पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनका लागि प्रस्ताव गरेको हो । बीमा समितिले उक्त प्रस्तावलाई स्वीकृति दिए पछि मात्रै आगामी वार्षिक साधारणसभामा विशेष प्रस्तावको रुपमा पेश गर्न  सक्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । सञ्चालक समितिले गत जेठ १७ गते यस पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

Prabhu
Crest

प्रस्तावित बोनस शेयर साधारणसभाबाट पारित भए पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । अहिले बीमा समितिमा गरेको ४० प्रतिशत हकप्रद प्रस्ताव पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS