SKIP THIS

IK Anniversary
IME Life

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले जेठ २० गतेदेखि बिक्री खुल्ला गरेको थियो । अब उक्त हकप्रद शेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । उक्त हकप्रदमा कम्पनीको १०० कित्ता शेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS