IME Life

आइपीओ निष्काशनका लागि आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तले दिए बोर्डमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन पेश गरेको हो ।

कम्पनीले आइपीओ निष्कानको लागि बोर्डमा जेठ ३१ गते निवेदन पेश गरेको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापीटल मार्केट रहेको छ । कम्पनीको आइपीओले ‘केयर एनपी ट्रीपल बी रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

Prabhu
Crest

त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

संस्थाले आइपीओ निष्कानको लागि असार ६ गते बोर्डमा निवेदन पेश गरेको हो । लघुवित्तले आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

उक्त आइपीओलाई इक्रा नेपालले मध्यम किसिमको सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर डबल वि प्लस’ रेटिङ दिएको छ । यसले संस्थाको प्राथमिक शेयरमा लगानी गर्दा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS