IME Life

पुनर्बीमाको लाइसेन्स नपाउनेलाई सान्त्वना स्वरुप निर्जीवन बीमा कम्पनीको लाइसेन्स !

SPIL
NIC ASIA

काठमाडौं । पुनर्बीमा कम्पनीको लाइसेन्स नपाएका समुहले निर्जीवन बीमा कम्पनी स्थापनाको लागि तयारी सुरु गरेका छन् । बीमा समितिले पुनर्बीमाको लाइसेन्स नपाउनेलाई सान्त्वना स्वरुप निर्जीवन बीमाको लाइसेन्स दिन खोजेको चर्चा चल्न थालेको छ ।

बीमा समितले एउटा पुनर्बीमा कम्पनीको लाइसेन्स आह्वान गर्दा ५ वटाको आवेदन परेको थियो । तत्कालिन समयमा प्रुडेन्सियल रि, जेन्यून रि, अन्नपुर्ण रि, काठमाडौं रि र हिमालयन रि इन्स्योरेन्स कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका थिए । तर हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पायो । हिमालयन रिले केहि दिन भित्रै व्यवसाय शुभारम्भ गर्ने योजना बनाएको छ ।

Prabhu
Crest

पुनर्बीमाको लाइसेन्स नपाएकाहरुले बीमा समितिसँग निर्जीवन बीमाको लाइसेन्सका लागि भित्रि रुपमा लविङ सुरु गरिरहेका छन् । पुनर्बीमा कम्पनीको लाइसेन्स नपाएका समुहले  ७ वटा  निर्जीवन बीमा कम्पनी स्थापना गर्ने चर्चा चलिरहेको छ ।

जेन्युन रिको समुहले एकै पटक पुनर्बीमा र निर्जीवन बीमा कम्पनी खोल्ने तयारी गरेको थियो । रिको लाइसेन्स नपाए पनि प्रस्तावित अभियान जनरल इनस्योरेन्स कम्पनी खोल्नका लागि उसले लबिङ गरिरहेको छ । अधिकांश  प्रकृयाँ पुरा भैसकेकोले बीमा समितिमा दर्ता गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै काठमाडौं रि इन्स्योरेन्स कम्पनीको समुह अहिले महालक्ष्मी जनरल इनस्योरेन्सको लागि तयारी गरिरहेको छ । यसै क्रममा एशियन लाइफ इन्स्योरेन्स समुहले एशियन जनरल इन्स्योरेन्स खोल्ने तयारी गरिरहेको छ । त्यस्तै रिलायबल लाइफ इन्स्योरेन्स समुहले पनि रिलायबल जनरल इन्स्योरेन्स कम्पनी खोल्ने भएको छ ।

यस भन्दा अगाडि आवस्यक कागजपत्र जुटाउन नसकेको मनकामनाले पनि प्रकृयाँ अगाडी बढाउने बजार हल्ला छ । यस बाहेक बजारमा शुभ जनरल , अन्नपुर्ण जनरल इन्स्योरेन्स खोल्ने तयारी भैरहेको चर्चा चलिरहेको छ ।

नेपालमा अझै पनि निर्जीवन बीमाको पहुँच धेरै कम भएकाले नयाँ कम्पनीलाई लाइसेन्स दिदा केहि फरक नपर्ने बीमा समितिको राय छ । तर जति पनि कम्पनीलाई लाइसेन्स दिदा भोलिका दिनमा समितिलाई नियमन गर्न भने धेरै गाह्रो पर्नेछ । बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स थप गर्दै गर्दा आफ्नो नियमन क्षमता पनि बढानु पर्ने हुन्छ ।

निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको मात्रै दायित्व बहन गर्ने भएकाले लाइसेन्समा खासै कडाइ गरिरहनु नपर्ने कतिपयको राय छ । व्यवसाय गर्न नसक्नेले मर्जर गर्छन् । मर्जर गर्न नचाहेमा लिक्वीडेसनमा जादा पनि केहि फरक नपर्ने उनिहरुको राय छ । पछिल्लो समय थप तीन वटा कम्पनीलाई लाइसेन्स दिदा नै चौतर्फी विरोध भएको थियो । भैरहेको बजारमा खोसा खोस गर्नका लागि मात्रै लाइसेन्स दिन नहुने विज्ञहरुको सुझाव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS