IME Life

नेप्से ७९ अंकले बढ्यो, १० अर्ब ८४ करोडको कारोबार हुँदा पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २,९१३ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज १७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक ५ दशमलव ६१ प्रतिशतले बढेको छ ।

आज २२५ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर कारोबार हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २६ रुपैयाँले बढेर १७ सय ७९ रुपैयाँ कायम भएको छ । कारोबार शुरु भएको २ घण्टामा पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो ।

Prabhu
Crest

हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ३२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३४ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २० करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, नाङी ग्रुप, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एसबिएल डिबेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले १ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS