IME Life

जीवन बीमा पोलिसी धितोमा राखेर बीमितले लिए ५० अर्ब ८७ करोड कर्जा, कसरी लिने ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा पोलिसी धितोमा राखेर बीमितहरुले ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लिएका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले पोलिसीलाई नै धितोमा राखेर उक्त कर्जा प्रवाह गरेका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफले १९ अर्ब १८ करोड रुपैयाँ पोलिसी धितोमा राखेर कर्जा प्रदान गरेको छ । त्यस्तै एलआइसी नेपालले १४ अर्ब २ करोड रुपैयाँ बीमितलाई पोलिसी धितोमा राखेर कर्जा प्रवाह गरेको छ ।

Prabhu
Crest

पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्नेमा पुराना जीवन बीमा कम्पनी अगाडि छन् । बीमा कम्पनीले बीमित सँग प्रिमियम संकलन गरेर विभिन्न क्षेत्रमा लगानी गर्छन् । यसरी लगानी गर्ने क्रममा उनिहरुले बीमितलाई पनि कर्जा प्रवाह गर्ने गरेका हुन् । बीमितले अन्य चल अचल सम्पत्ती धितोमा नराखी बीमा पोलिसीलाई नै धितोको रुपमा स्वीकार्छन् । बीमा समितिको पछिल्लो निर्देशन अनुसार पोलिसी खरिद गरेको दुई वर्ष पछि मात्रै यस्तो कर्जा प्राप्त गर्न सकिन्छ । तर एकल बीमा शुल्क भुक्तानी पोलिसीको हकमा भने तीन वर्ष पछि मात्रै कर्जा प्राप्त गर्न सकिन्छ । यस्ता पोलिसीमा बिक्रिति देखिए पछि समितले कडाइ गरेको हो ।

पुराना जीवन बीमा कम्पनीहरु क्रमश नेशनल लाइफले ६ अर्ब ७ करोड रुपैयाँ, एशियन लाइफले तीन अर्ब २ करोड रुपैयाँ, प्राइम लाइफले  एक अर्ब ४७ करोड रुपैयाँ, सूर्या लाइफले  एक अर्ब १३ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले  एक अर्ब तीन करोड रुपैयाँ, मेट लाइफले  ९८ करोड ७६ लाख रुपैयाँ र गुराँस लाइफले ९७ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नयाँ आएका जीवन बीमा कम्पनी मध्ये सबैभन्दा धेरै युनियन लाइफले ८२ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सबैभन्दा कम रिलायबल नेपाल लाइफले ५२ करोड ६३ लाख रुपैयाँ बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेको छ ।

बीमालेख धितोमा राखेर कसरी कर्जा लिन सकिन्छ ?

यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्छ । साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा समर्पण मूल्य (सरेन्डर भ्यालु) निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा पनि दुई बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । दुई बर्षसम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।

बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउँने छैनन् । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफुले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ । बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने कर्जा भन्दा यस्तो कर्जा केहि सहुलियतपुर्ण हुन्छ । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS