नेप्से परिसूचक ७१ अंकले घट्दा कारोबार रकम ११ अर्ब ६१ करोडमाथि

काठमाडौं । हिजो ६३ दशमलव ११ अंकले घटेको शेयर बजार आज झन बढी ७१ दशमलव ०६ अंकले घटेर २,८३४ दशमलव ४० अंकको विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । लगातार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ । आज पनि कम्पनीको १ अर्ब ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२४ रुपैयाँले घटेको छ ।

त्यस्तै, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको ३१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टका लगानीकर्ताले ४ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । एनबिबिएलका इकाइधनीले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार