IME Life

१० अर्ब रूपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (९) नामको ऋणपत्र बिक्री गर्न लागेको हो । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

त्यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

Prabhu
Crest

यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल भोलि असार ८ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । असार ९ गते निष्काशन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल असार ९ गते भुक्तानी हुनेछ । त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्र्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS