IME Life

जीवन बीमा कम्पनीका कर्मचारीले ९ महिनाको मुनाफाबाट ३६ करोड ४५ लाख रुपैयाँ बोनस पाउने

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासिक अवधिमा आर्जन गरेको मुनाफाबाट ३६ करोड ४५ लाख रुपैयाँ बोनस छुट्टाएका छन् । बोनस ऐन अनुसार कम्पनीका कर्मचारीहरुले मुनाफाको १० प्रतिशत प्रोत्साहन स्वरुप १० प्रतिशत बोनस रकम प्राप्त गर्छन् ।

तर नेपाल सरकारको स्वामित्व भएका प्रतिष्ठानमा कार्यरत कर्मचारीको हकमा भने अधिकृत स्तरका कर्मचारीहरुले आधारभुत तलबको तीन महिना बराबरको बोनस रकम प्राप्त गर्नेछन् । त्यस्तै सहायक स्तरका कर्मचारीहरुले भने आधारभुत तलबको चार महिना बराबरको बोनस रकम प्राप्त गर्ने छन् । यसै व्यवस्थाका कारण राष्ट्रिय बीमा संस्थाले कर्मचारीका लागि एकदमै कम २० लाख रुपैयाँ मात्रै बोनस व्यवस्था गरेको छ । अर्को तर्फ कम्पनीले विगत १० ‍औ वर्षदेखि साधारणसभा गर्न नसक्दा कर्मचारीले पाउने बोनस रोकेर राखिएको छ ।

Prabhu
Crest

स्रोत : बीमा समिति 

१९ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल लाइफले कर्मचारीहरुका लागि ६ करोड ५१ लाख रुपैयाँ बोनसको व्यवस्था गरेको छ । त्यस्तै दोस्रो नम्बरमा नेशलन लाइफले तीन करोड ८९ लाख रुपैयाँ छुट्टाएको छ ।

नयाँ भन्दा पुराना जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि धेरै बोनस व्यवस्था गरेका छन् । पुराना जीवन बीमा कम्पनीहरु क्रमश सूर्या लाइफ तीन करोड २३ लाख रुपैयाँ, मेट लाइफ तीन करोड २ लाख रुपैयाँ, प्राइम लाइफ २ करोड ५४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन दुई करोड ४ लाख रुपैयाँ, एशियन लाइफ २ करोड २ लाख रुपैयाँ  र गुराँस लाइफले एक करोड ४ लाख रुपैयाँ बोनस बापतको रकम व्यवस्था गरेका छन् ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २ लाख रुपैयाँ बोनस बापत व्यवस्था गरेको छ । त्यस्तै सिटिजन लाइफले पनि एक करोड ६१ लाख रुपैयाँ बोनसका लागि छुट्टाएको छ । बाँकी नयाँ जीवन बीमा कम्पनीहरु क्रमश प्रभु लाइफ एक करोड ५३ लाख रुपैयाँ, ज्योति लाइफ एक करोड ३४ लाख रुपैयाँ, सन नेपाल एक करोड ६ लाख रुपैयाँ, सानिमा लाइफ एक करोड ४ लाख रुपैयाँ, आइएमई एक करोड रुपैयाँ युनियन लाइफ ८२ लाख रुपैयाँ, महालक्ष्मी लाइफ ७४ लाख रुपैयाँ र रिलायन्स लाइफ ७३ लाख रुपैयाँ बोनस बापत व्यवस्था गरेका छन् ।

यो विवरण बीमा समितिले उपलब्ध गराए अनुसारको हो । तेस्रो त्रैमासिक अवधिमा कर्मचारीहरुका लागि उक्त रकम बोनसका लागि छुट्टाइए पनि चौथो त्रैमासिक अवधिमा भने अझ बढ्ने छ । कर्मचारीले चौथो त्रैमासिक अवधिमा आर्जन भएको मुनाफाबाट बोनस रकम प्राप्त गर्ने छन् । कर्मचारीले न्युनतम तलब, अलाउन्सेस, बोनस लगायत विभिन्न सेवा सुविधा प्राप्त गर्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS