IME Life

निषेधाज्ञा एक साता थपियो, जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउन पाइने

SPIL
NIC ASIA

काठमाडौं । निषेधाज्ञा एक साता थप भएको छ । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थपिएको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा चलाउन पाउने निर्णय गरेका छन् ।

अवदेखि जोर दिनमा जोर नम्बर प्लेट भएका र विजोर दिनमा विजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाइने भएको छ । त्यस्तै ट्याक्सीको हकमा पनि यहि नियम लागु हुनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रसासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका थिए । संक्रमितको दर र मृत्युदर कम हुँदै गए पछि गत सातादेखि नै निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । यस साता अत्यावस्यक क्षेत्रका सवारी साधनलाई मात्रै आवतजावत गर्न दिइएकोमा भोलिदेखि जोर विजोर प्रणालीमा सबैलाई आवतजावत गर्न पाउने छन् ।

Prabhu
Crest

सवारी साधन सँगै पसलहरुलाई पनि बार अनुसार खोल्न दिइने निर्णय भएको छ । भोलिदेखि लागु हुने गरी आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS