IME Life

जनरल इन्स्योरेन्स तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा कम्पनीले बृद्धाश्रममा खाना खुवाउने तथा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

स्थापनाको तीन वर्षको अवधिमा कम्पनीलाई मार्गनिर्देशन गर्ने नियामक निकाय, शेयरधनी एंव शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा अझै गुणस्तरिय आधुनिक दिगो एंव विश्वसनीय सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ३९ वटा शाखा कार्यालय तथा एउटा केन्द्रिय कार्यलाय मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब रुपैयाँ जुटाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । स्थापना अवधिदेखि भने ५२ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सकेको छ । आगामी वर्षमा निर्जीवन बीमा व्यवसाय थप विस्तार गर्दै जाने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले जानकारी दिए । कम्पनीको मुख्य उद्देश्य भनेकै निर्जीवन बीमा व्यवसाय गर्नु भएकाले अझ गुणस्तरिय सेवा प्रदान गर्दै व्यवसाय विस्तार गर्ने उनले बताए ।

कम्पनीले तीन वर्ष अगाडि जनरल सहित तीन वटा कम्पनीलाई बीमा समितले लाइसेन्स प्रदान गरेको थियो । सुरुवाती वर्षमा खासै आक्रामक रुपमा अगाडि नबढेको जनरलले आगामी वर्षमा आक्रामक रुपमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS