IME Life

प्रुडेन्सियलको इन्स्योरेन्सको एजिएम आज, लाभांश पारितसँगै शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित साधारणसभा आज असार ६ गते हुँदैछ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा आह्वान गरेको साधारण सभा निषेधाज्ञाको कारण अर्को सुचना जारी नभएसम्मको लागिस्थगित गरेको थियो सोही सभा अब आज सोहि स्थानमा हुँदैछ । उक्त सभा सिमराको होटेल इच्छामा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने भएको छ । साथै कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

Prabhu
Crest

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS