IME Life

आजदेखि दुई बैंकले ऋणपत्र निष्काशन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । आज असार ६ गतेबाट एनआईसी एशिया बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्काशन गर्दैछन् । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ को नाममा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।

Prabhu
Crest

ऋणपत्रक निष्काशन तथा बिक्री प्रबन्धकमाा सनराइज क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने छ ।

ऋणपत्र खरिदका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने छ ।

त्यस्तै,सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहनेछ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

उक्त ७५ करोड रूपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कुल ४५ करोड रूपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ३० करोड बराबरको ऋणपत्र ९मध्ये ५ प्रतिशत अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत० सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त ऋणपत्रमा असर ६ गतेदेखि छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् भने मेरो शेयर सफ्टवेयरमार्फत पनि अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS