नेपाली बीमा बजारः दाबीको समस्या र समाधानका उपायहरु

मानव जीवन चौतर्फी जोखिमले घेरिएको छ, उसको जीवनमा कहाँ र  कहिले कस्तो प्रकारको बिपत्तीसँग सामना गर्नु पर्छ त्यो कसैलाई थाहा छैन । अति सुखी तथा खुशी परिवार प्रमुख व्यक्तिको मृत्यु पश्चात दुःखको सागरमा डुब्न पुग्दछ । ठुला ठुला भवन तथा कलकारखाना छेन भरमै खरानी पारिदिन्छ । बाढी, पहिरो, अतिबृष्टी, अनाबृष्टी, भुकम्प, सुनामी तथा आंतकबादी गतिबिधीका कारण मानव जातिले मानविय तथा भौतिक क्षति बहन गरिरहनु परेको छ । यस्ता बिपत्तीहरु कहिले, कसरी र को माथी आईपर्छ भन्ने कुरा कसैलाई थाहा हुदैन यद्यपी उ जतिसुकै चलाख किन नहोस र बिज्ञानले पनि यसको समाधान गर्न सकेको छैन । उदाहरणनै लिने हो भने, अति सक्षम दमकल व्यबस्थापनको कारण शहरमा आगलागीनै रोक्न सकिदैन् तर आगलागी पश्चातको क्षतिमा कमी ल्याउन मात्र सकिन्छ । यसरी मानवीय जीवनमा पर्न आउने जोखिमको कारण उसले आर्थिक हानी नोक्सानी व्योर्हनु पर्दछ । मानविय जीवनमा व्याप्त यिनै जोखिम, अनिश्चितता र आर्थिक हानी नोक्सानीका कारण बीमाको उत्पत्ती भएको मानिन्छ । सामान्यतया बीमाले अनिश्चितताका कारण उत्पन्न आर्थिक हानी नोक्सानीको क्षति पूर्ति गर्ने कार्य गर्दछ ।

अतः बीमा जोखिम र आर्थिक क्षति सम्बन्धी अनिश्चितता बिरुद्ध आएको सिद्धान्त हो, जहाँ न्यूनतम मापदण्ड पुरागर्नु पर्ने हुन्छ । अर्थात मानविय जिवनमा आईपर्न सक्ने जोखिम, अनिश्चितता तथा क्षतिको सम्भावनालाई व्यबस्थित गर्ने उपाय नै बीमा हो । तथापी बीमालाई कार्य सम्बन्धी धारण र करार सम्बन्धी धारणबाट बिभिन्न बिद्धानहरुले परिभाषित गरेको पाईन्छ । अतः बीमा एक त्यस्तो प्रबिधी तथा करार हो जसले भविष्यमा हुन सक्ने सम्भावित हानी नोक्सानी बाट जोगाउँदछ जसका लागी ब्यक्तीले एक निश्चित शुल्क भुक्तान गरेको हुनु पर्दछ । तर आजकल  नेपाली बीमा बजारमा दाबी प्रक्रिया झण्झटिलो र साधारण बिमितका लागी  सगरमाथा चढ्नु जस्तो जटिल बनेको छ ।

हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनी र व्यवसायीहरु सहरकेन्द्रित भएका कारण जनसंख्याको ठूलो हिस्सा रहेको ग्रामीण क्षेत्रमा यिनीहरुको पहुँच पुग्नसकेको छैन । समुदायको ठूलो हिस्साले बीमाको महत्व, आवश्यकता तथा यसका फाइदा र बेफाइदाहरुका विषयमा व्यवस्थित तवरबाट जानकारी नै पाउनसकेका छैनन् । यसको प्रचारप्रसार र प्रवद्र्धन हुन नसकेका कारण पनि मानिसहरु यो अवसरको उपभोग गर्नबाट वञ्चित भइरहेका छन् । बीमाको महत्व र उपयोगिता बुझ्न नसकेको अवस्था नेपालका शिक्षित र बौद्धिक व्यक्तिहरुमै पनि विद्यमान छ । यसका साथै महँगो बीमा शुल्क तथा बीमाको दाबी र भुक्तानीमा रहेका प्रक्रियागत जटिलताहरुका कारण पनि मानिसहरु बीमा गर्न उत्प्रेरित हुनसक्ने अवस्था छैन ।

बीमा दाबी के हो ?

सामायतया बीमा गरिएको सम्पत्ती बिमालेखमा उल्लेख गरिएको जोखिमको कारणले हानी नोक्सानी हुन पुगेमा सोको  क्षतीपूर्तीका गरिने प्रकृयानै बीमा दाबी हो । केहि प्रकृया पुरा गरेपछी पिडितलाई आर्थिकरुपमा प्राप्तहुने क्षतीपूर्तीलाई नै दाबी भुक्तानी भनिन्छ । तसर्थ, बीमा गरिएको  सम्पत्ती हानी नोक्सानी भई क्षतीपूर्ती प्राप्तीको लागी गरिने माग देखी प्राप्ती सम्मका कार्यहरुलाई दाबी प्रक्रिया भनिन्छ । यस्तो प्रक्रिया भित्र सेवा तथा शर्त भन्दा बाहिर परेको वा बीमालेख प्राप्तै नगरी जुन बीमा दाबी लिन खोजिन्छ वा झुठो दाबी पनी पर्दछ ।

बीमा दाबी कसरी गर्ने ?

दाबी परेमा वा दाबी पर्न सक्ने घटना भएमा बीमा कम्पनीलाई लिखित रुपमा खबर गर्नुपर्छ । त्यस्तै, अवस्था हेरेर प्रहरी तथा स्थानिय निकायलाई समेत सूचित गर्नुपर्छ । त्यसपछि बीमा कम्पनीले सर्भेयर खटाएर मूल्याङ्कन गर्छ । यस्तो अवस्थामा बिमितले आवश्यक कागजपत्र बुझाएर भुक्तानी कार्यमा सहयोग गर्नुपर्छ । सर्भेयरको रिपोर्ट पाए पछी कम्पनीले दाबी भुक्तानी प्रक्रिया सुरु गर्छ ।

दाबी प्रक्रियाका समस्याहरु

नेपाली बीमा बजारमा बिशेषत दाबी प्रकृयामा निम्न समस्याहरु देखिएका छनः

१        बीमा  शिक्षाको अभाव

२        झण्झटिलो प्रक्रिया

३        झुठो दाबीको बिगबिगी

४        अनावश्यक कागजातको संकलन

५        भनसुनको भरमा टिकेको

६        दक्ष मानव श्रोतको अभाव

७        बीमकले अनुसन्धान तथा बिकासमा जोड नदिनु

समस्या समाधानका उपायहरु

माथी उल्लेख गरिएका समस्याहरु बिशेषत नेपाली बजारका हुन र तिनको समाधानको लागी नेपाली बीमा बजारनै चनाखो र बिकसित हुनुपर्ने कुरामा दुई मत छैन, तथापी देहायका बुदाँमा ध्यान दिने हो भने बिमा दाबी प्रकृयामा सरल बन्न सक्छः

१        आधारभुत बीमा  शिक्षाको अनिवार्यता

२        सरल र छोटो दाबी प्रक्रिया

३        अनुसंधान तथा बिकासका कार्यक्रम

४        भनसुनलाई निरुत्साहित पार्ने

५        नैतिक वान ग्राहक, कर्मचारी र ब्यबस्थापन

६        सकारात्मक सोचको बिकास

(सुकल्याण पराजुली विभिन्न परियोजनाहरुमा बीमा परामर्शदाताको रुपमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार