IME Life

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ ‘निर्मा’ दुई वर्ष पुरा गरि तेस्रो वर्षमा, अनुसन्धान तथा जनचेतनालाई तिव्रता दिने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रेवश गरेको छ । नेपालमा जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, तालीम, सम्मेलन र कन्फरेन्सहरु गर्ने, नीतिगत बिषयमा सम्बन्धित निकायहरुलाई सुझाव दिने, जनचेतना अभिबृद्धिको लागि काम गर्ने उद्देश्यका साथ नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ  मूनाफा वितरण नगर्ने  च्यारिटी संस्थाको रुपमा कम्पनी ऐन अन्तर्गत २०७६ आषाढ ४ गते स्थापना भएको थियो ।

विश्वका बिभिन्न देशहरुमा बीमा क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने र बीमा उद्योगको प्रबर्द्धन र बिकास गर्ने उद्देश्यले निजी क्षेत्रबाट विभिन्न संस्थाहरु संचालनमा रहेका छन् । बीमा उद्योगको बिकास र विस्तारको लागि एक देशमा मात्रै कार्य क्षेत्र भएका संस्था देखि क्षेत्रीय रुपमा काम गर्ने, महादेशको स्तरमा काम गर्ने र विश्वभरी नै कार्यक्षेत्र भएका स्वयंसेवी संस्थाहरु विश्वमा प्रशस्त छन् । यसको कार्यक्षेत्र नेपाल भित्र मात्रै रहेको भएता पनि विश्वका महत्वपूर्ण संस्थाहरुसँग सहकार्य र ऐक्यबद्धताका साथ अघि बढेको छ । संस्थाको मुल नारा “Promotion of Insurance industry through professionalism” रहेको छ भने मुल क्रियाकलापहरुमा अुनसन्धान, प्रकाशन, तालीम, सेमिनार, पोलिसी पैरबी र सचेतना रहेका छन् । संस्थाले स्थानीय स्तरमै गएर बीमा सम्बन्धी जनचेताका कार्यक्रमलाई तिव्रता दिने  अध्यक्ष डा. रविन्द्र घिमिरेले जानकारी दिए ।

Prabhu
Crest

संस्थाले स्थापना कालदेखिनै “Nepalese Journal of Insurance and Social Security” नामक अनुसन्धानमूलक जर्नलको प्रकाशन बार्षिक रुपमा गर्दै आएको छ र हाल सम्म तीन अंकहरु प्रकाशित भई संस्थाको वेभ पेजमा राखिएको छ र निःशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । यस जर्नलको प्रमुख सम्पादकमा प्रा.डा. फत्त बहादुर केसी रहेका छन् भने सम्पादकको रुपमा नेपाल, भारत र अर्मेनियन बिश्वविद्यालयका प्राध्यापकहरु रहेका छन् । त्यस्तै जर्नलको सल्लाहकार बोर्डमा नेपाल, अमेरिका, चीन, स्वीट्जरल्याण्ड, कोरिया, भारत र बंगलादेशका लब्ध प्रतिष्ठित प्राध्यापक तथा प्रोफेसनलहरु रहेका छन् ।

संस्थाको मूल उद्देश्य जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रबद्र्धनात्मक कार्य गर्ने रहेको छ । यी उद्देश्य प्राप्तिका लागि देहायका क्रियाकलापहरु सम्पन्न हुनेछन् ।

क) प्राज्ञिक र व्यावसायिक क्षेत्र बीच ज्ञान र अनुभवको आदान प्रदान गर्ने एक साझा मंचको स्थापना गर्ने ।

ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुसंग सहकार्य गर्ने, ज्ञान र अनुभवको आदान प्रदान गर्ने, आफ्ना बिचारहरु प्रस्तुत गर्ने,

ग) शैक्षिक संस्थाहरुमा बीमा सम्बन्धी पाठ्यक्रम राख्नका लागि बहस पैरवी गर्ने, अनुरोध गर्ने, साथै उच्च शैक्षिक संस्थाहरुमा बीमा सम्बन्धी अनुसन्धनात्मक कार्यका लागि पर्याप्त श्रोत र साधनको व्यवस्था गर्नका लागि अनुरोध गर्ने ।

घ) एक थिङ्क ट्यांङ्क संस्थाको रुपमा बिकास गर्ने र सम्बन्धित निकायहरुलाई आवश्यक सुझाव, परामर्श सेवा उपलब्ध गराउने ।

ङ)  रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्तरक्रिया, छलफल, तालीम, वर्कसप, सेमिनार, सम्मेलन, लगायतका कार्यहरु गर्ने साथै अल्पकालीन कोर्षहरु संचालन गर्ने ।

च)  समसामयिक बिषय र जल्दाबल्दा बिषयहरुमा अध्ययन अनुसन्धान गर्ने र सो को नतिजालाई बिभिन्न माध्यमबाट प्रकाशन गर्ने, आम जनतामा जानकारी दिने,

छ) अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुसंग भाइचारा सम्बन्ध राख्ने, सहकार्य गर्ने, ज्ञानको आदान प्रदान गर्ने,

ज) उपभोक्ताहरुको हक हितको सुरक्षाको लागि बहस पैरवी गर्ने, ठगी र जालसाजीका घटनाहरुको बिरुद्धमा सबैसंग सहकार्य गर्ने, बिसंगती र बिकृतिको उन्मुलनका लागि कार्य गर्ने, र आवश्यक सुचनाको आदान प्रदान गर्ने,

संस्थाको संरचना

संस्था नियमावली र प्रबन्धपत्रको आधारमा संचालन हुन्छ । यो सदस्यमा आधारित एक स्वयंसेवी र मुनाफा वितरण नगर्ने सामाजिक संस्था हो । सदस्यहरुले हरेक ३ वर्षमा साधारण सभा मार्फत कार्यकारी समितिको गठन गर्दछन् उनीहरु मध्येबाट अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरुको निर्वाचन गर्दछन् । कार्यकारि समितिले नै संस्थाको बजेट निर्माण र कार्यक्रम कार्यन्वयन गर्दछ ।

संघको कार्यसम्पादनलाई प्रभावकारी रुपमा सम्पादन गर्नको लागि विभिन्न समितिहरु मुख्य गरी सदस्यता समिति, सेमिनार तथा तालीम समिति, अनुसन्धान समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, जर्नल सम्पादन समिति, पाठ्यक्रम समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा रुची राख्ने र योगदान गर्दै आउनु भएका र योगदान गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले यस संघको सदस्यता प्राप्त गर्न सक्नेछन् । सो को लागि संस्थाको वेभपेजमा गई आफ्नो विवरण भर्नु पर्नेछ । प्राप्त आवेदन उपर छानविन गरी कार्यकारी समितिले सदस्यता प्रदान गर्नेछ । सदस्यहरुले कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्नु पर्नेछ र संघको उद्देश्य अनुरुप कार्य गर्नु पर्नेछ ।

संस्थाको सदस्य यस लिंक यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

जर्नलको सम्बन्धमा

विश्वभरी नै जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा भएका अध्ययन र अनुसन्धानको सारलाई आम प्राज्ञिक समूह बीचमा राख्ने, नेपालको बीमा उद्योगको अनुसन्धानमूलक निष्कर्षलाई विश्वसामू राख्ने, प्राज्ञिक रुपमा बहस, छलफल गर्ने उद्देश्यले अनुसन्धानात्मक लेखहरु प्रकाशन गर्ने उद्देश्यले Nepalese Journal of Insurance and Social Security नामक जर्नल हरेक वर्ष प्रकाशन गर्दै आएको छ । संस्थाले प्रकाशन गरेका जर्नलहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोला   वा  यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

यो जर्नलको उद्देश्य, कार्य सम्पादन तरीका र क्षेत्र देहाय बमोजिम रहेको छ । जर्नलहरुको गुणस्तर निर्धारण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट यस जर्नलले दूई तारा (अधिकतम तीन तारा) प्राप्त गरेको छ । यो Nepal Journal Online द्धारा इन्डेक्स गरिएको छ ।

संघले भव्यताका साथ भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS