IME Life

रिलायबल नेपाल लाइफको साधारणसभा आज हुँदै, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा दिनको एक बजे आयोजना हुने कम्पनीले जनाएको छ । अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गर्ने भएको छ ।

साधारणभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव छ । सोही प्रस्तावमा हालका लेखापरीक्षक विजयराज घिमिरे पार्टनर जि एण्ड जि एशोशिएट्सलाई नै पुन नियुक्त गर्ने उल्लेख छ ।

सभाले यस अगाडी नियुक्त भएका सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ । सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । कम्पनीले दोस्रो वार्षिक साधारणसभाबाटै प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । अव गर्न लागिएको साधारणसभा सम्पन्न भए पछि मात्रै कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्ने सम्पुर्ण कानुनी बाटोहरु खुला हुने छ । यध्यपी कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अगाडी बढाइसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS