नेशनल माइक्रोफाइनान्सले ग्राहकहरुलाई ब्याजमा १०% छुट दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स  वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । कोराना भाइरस महामारीको दोस्रो भेरिएन्टको कारण संस्थामा आवद्ध १ लाख ५ हजार ग्राहक सदस्यहरुलाई हालको विपद्को अवस्थाबाट व्यवसायमा परेको असरलाई मध्यनजर गरि तत्काल राहत स्वरुप बुझाएको ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको हो ।

यस १० प्रतिशत ब्याज छुटबाट संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई हालको विपदको अवस्थामा थोरै भएपनि केहि सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार