IME Life

नेपाल लाइफलाई स्टक स्प्लिट नगर्न बीमा समितिको निर्देशन, १५/२० दिन भित्रै बोनश शेयर सूचिकृत हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले स्टक स्प्लिट नगर्न निर्देशन दिएको छ । कम्पनीले बिसौ वार्षिक साधारणसभाबाट प्रति शेयर मूल्य १०० रुपैयाँलाई टुक्राएर प्रति शेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको थियो । तर बीमा समितिले कम्पनीको उक्त प्रस्तावलाई स्वीकृति दिएन ।

यहि स्टक स्प्लिटका कारण कम्पनीको बोनस शेयर सूचिकरण रोकिएको थियो । स्टक स्प्लिट हुँदा कम्पनीको विध्यमान प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नु पर्ने थियो । उक्त संसोधित प्रबन्धपत्र तथा नियमावली संसोधनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नु पर्ने भएकाले काम अगाडि बढाइएको थिएन । साधारणसभाबाट उक्त प्रस्ताव पारित भैइसकेकाले सञ्चालक समितले नियामकको स्वीकृति नभएको भन्दै साधारणसभाबाट पारित प्रस्ताव फिर्ता गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले उक्त निर्णय फिर्ता लिइसकेको छ । यस सँगै कम्पनीले साधारणसभाबाट पारित बोनस शेयर सूचिकरका लागि प्रकृयाँ अगाडि बढाएको हो । कम्पनी रजिष्ट्रारमा फाइल पेश गरिसकिएको र अवको १५/२० दिन भित्रमा नेप्सेमा सूचिकरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

गत माघ २८ गते सम्पन्न २० औ वार्षिक साधारणसभाले तत्काल कायम पूँजीको ३१ प्रतिशत बोनस शेयर पारित गरिसकेको छ । साधारणसभा अगाडि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ थियो । प्रस्तावित बोनस शेयर १ अर्ब ७० करोड रुपैयाँ सूचिकृत भए पछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताहरु सोहि बोनस शेयरको सूचिकरण कुरेर बसिरहेका छन् । गत माघ २८ गते नै वार्षिक साधारणसभा सम्पन्न भए पनि स्टक स्प्लिटका कारण सूचिकरण हुन सकिरहेको थिएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS