IME Life

अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले असार ९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले गत बैशााख ६ देखि जेठ २ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यस शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । अब उक्त शेयर सो मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

बोलपत्र विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय भक्तपुर, कुमारीपाटी, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर साथै अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी थापाथली, काठमाडौंमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS