IME Life

बीमा कम्पनीहरुको कुल कर्मचारी संख्या १० हजार नाघ्यो, कोरोना महामारीमा १०४ जना थपिए

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीको समयमा पनि बीमा कम्पनीहरुले कर्मचारी थप गरेका छन् । २०७८ बैशाख महिनामा मात्र जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा १ सय ४ जना कर्मचारी थपिएका हुन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले ४७ जना नयाँ कर्मचारी थप गरेका हुन् भने निर्जीवन बीमा कम्पनीहरुले ५७ जना कर्मचारी थप गरेका हुन् । कतिपय कम्पनीहरुमा भने कर्मचरीहरु घटेको अवस्था पनि रहेको छ ।

बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७।७८ को बैशाख मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा १० हजार ६ सय ७१ जना कर्मचारी आबद्ध रहेका छन् । जसमध्ये १९ जीवन बीमा कम्पनीहरुमा ५ हजार ६ सय ८ जना कर्मचारीहरु कार्यरत रहेका छन् भने राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ६३ जना कर्मचरीहरु कार्यरत रहेका छन् । समितिको तथ्याङमा राष्ट्रिय बीमा कम्पनीको कर्मचारीहरुको संख्या उल्लेख छैन् ।

Prabhu
Crest

समितिको तथ्याङक अनुसार २०७८ बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले शाखा तथा उप शाखा कर्यालय खोलेको छैनन् भने निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा कार्यालय थप गरेको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनीले एक कार्यालय विस्तार गरेको छ । हालसम्म जीवन बीमा कम्पनीहरुले १९ सय ७७ वटा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएका छन् भने जिर्वीवन बीमा कम्पनीहरुले ९ सय ७७ वटा कार्यालय मार्फत सेवा दिँदै आएका छन् ।

कुन निर्जीवन बीमा कम्पनीमा कति कर्मचारी
बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७।७८ को बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीमा रहेका छन् । यस अवधिसम्ममा कम्पनीमा ६ सय १२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । नेको इन्स्योरेन्स कम्पनीमा ४४२ जना कर्मचारी रहेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीमा ४ सय जना कर्मचारी आबद्ध छन् । एनएलजी इन्स्योरेन्स कम्पनीमा ३८८ जना कर्मचारी रहेका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा ३३१ जना कर्मचारी आबद्ध छन् ।

त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीमा ३०४ जना, नेपाल इन्स्योरेन्समा २७६ जना, आइएमई जनरलमा २७४ जना, अजोड इन्स्योरेन्समा २५८ जना, लुम्बिनी जनरलमा २५५ जना, यूनाइटेड इन्स्योरेन्समा २५० जना, प्रुडेन्सियल इन्स्योरेन्समा २०८ जना, प्रभु इन्स्योरेन्समा २०३ जना, जनरल इन्स्योरेन्समा १९५ जना, हिमालयन जनरल इन्स्योरेन्समा १९५ जना, एभरेष्ट इन्स्योरेन्समा १९१ जना, सानिमा जनरलमा १४० जना,ओरिएण्टल इन्स्योरेन्समा ७३ जना र नेशनल इन्स्योरेन्समा ६८ जना कर्मचारी आबद्ध रहेका छन् ।

बैशाख महिनामा कुन कम्पनीमा कति कर्मचारी थपघट भए
बैंशाख महिनामा सबैभन्दा धेरै कर्मचारी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले थपेको छ । कम्पनीमा १३ जना कर्मचारी थपिएका छन् । त्यस्तै, शिखर इन्स्योरेन्समा बैंशाख महिनामा मात्र २ जना कर्मचारी थपिएका छन् । नेको इन्स्योरेन्समा १० जना कर्मचारी थपिएका छन् । एनएलजी इनस्योरेन्समा २ जना कर्मचारी थपिएका छन् । सिद्धार्थ इन्स्योरेन्समा ४ जना कर्मचारी थपिएका छन् । आइएमई जनरलमा ५ जना, लुम्बिनी जनरलमा ९ जना, यूनाइटेड इन्स्योरेन्समा ५ जना, प्रभु इन्स्योरेन्समा १ जना, जनरल इन्स्योरेन्समा ७ जना, हिमालयन जनरलमा १ जना, एभरेष्ट इन्स्योरेन्समा २ जना कर्मचारी थपिएका छन् ।
बैशाख महिनामा दुई कम्पनीमा कर्मचारी घटे । प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ जना र अजोड इन्स्योरेन्स कम्पनीमा ३ जना कर्मचारी घटेका छन् ।

कुन जीवन बीमा कम्पनीमा कति कर्मचारी
बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७।७८ को बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै कर्मचारी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका छन् । कम्पनीमा ६३६ जना कर्मचारीहरु आबद्ध छन् । एशियन लाइफमा ४३८ जना,ज्योति लाइफमा ४२० जना, यूनियन लाइफमा ४०८ जना कर्मचारी आबद्ध रहेका छन् ।

त्यस्तै, नेशनल लाइफमा ३६१ जना, सन नेपाल लाइफमा ३४९ जना, रिलायबल नेपालमा ३१८ जना, प्राइम लाइफमा २७८ जना, सूर्या लाइफमा २७१ जना, सिटिजन लाइफमा २५७ जना, आइएमई लाइफमा २५७ जना, एलआइसी नेपालमा २४६ जना, रिलायन्स लाइफमा २३६ जना, गुराँस लाइफमा २३३ जना, महालक्ष्मी लाइफमा २२५ जना, सानिमा लाइफमा २२० जना, प्रभु लाइफमा १७४ जना, मेट लाइफमा १५४ जना र राष्ट्रिय बीमा संस्थानमा १२७ जना कर्मचारी आबद्ध रहेका छन् ।

बैशाख महिनामा कुन कम्पनीमा कति कर्मचारी थपघट भए                                                    २०७८ बैशाख महिनामा सबैभन्दा धेरै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी थप गरेको छ । कम्पनीले यस महिनामा मात्रै १६ जना कर्मचारी थप गरेको हो । त्यस्तै, रिलायबल नेपाल लाइफले १५ जना र नेपाल लाइफले १३ जना कर्मचारी थप गरेका छन् । त्यसैगरी नेशनल लाइफमा ३ जना, एलआइसी नेपालमा ४ जना, सानिमा लाइफमा ८ जना कर्मचारी थपिएका छन् ।
बैशाख महिनामा एशियन लाइफमा ७ जना कर्मचारीले काम छोडेका छन् । सिटिजन लाइफमा १ जना र महालक्ष्मी लाइफमा ४ जना कर्मचारी घटेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS