नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई दाँजेर हेर्दा

काठमाडौं। नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स नेपालका पुराना निर्जीवन बीमा कम्पनी मध्यका हुन। अहिले दोश्रो बजारमा दुवै कम्पनीको बजार मूल्य १००० माथि पुगेको छ। इन्स्योरेन्स खबरले यी दुई निर्जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलनात्मक अध्ययन :

नोट : चुक्ता पुँजी लिँदा बोनस शेयर प्रयोजनार्थ बुक क्लोज पछि कायम शेयरको आधारममा लगिएको ।  प्रति शेयर आम्दानी गणना गर्दा बुक क्लोज पछि कायम शेयरको आधारमा गरिएको।

चुक्ता पूँजीको आधारमा :
बुक क्लोज पछिको तथ्याङ्कलाई आधार मान्दा नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २४ करोड रहेको छ भने प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १६ करोड रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा नेपाल इन्स्योरेन्स अघि छ । नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ संचित छ भने प्रभु इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैया संचित छ ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा प्रभु इन्स्योरेन्स अघि छ। प्रभु इन्स्योरेन्सको बीमा कोषमा ७८ करोड ८९ लाख रुपैया संचित छ भने नेपाल इन्स्योरेन्सको बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ संचित छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
नेपाल इन्स्योरेन्सले ९६ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ५८ करोड १८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ४६ करोड १४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १७ करोड ०१ लाख खुद नाफा गरेको छ भने प्रभु इन्स्योरेन्सले १५ करोड ९८ लाख खुद नाफा गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा :
नेपाल इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ २६ पैसा छ भने प्रभु इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ ३४ पैसा छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
असार १ गतेको बजार मूल्यलाई आधार मान्दा नेपाल इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५ गुणा छ भने प्रभु इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६० गुणा छ । मूल्य र आम्दानीको आधारमा प्रभु इन्स्योरेन्स बजार मूल्य नेपाल इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार