IME Life

किन बढिरहेको छ माउन्टेन इनर्जीको शेयर मूल्य ? यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय शेयर बजारमा हाईड्रो पावर कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिदै आएको छ । कमजोर वित्तीय अवस्थाका जलविद्युत कम्पनीमा पनि उछाल आइरहेको अवस्थामा ठुला लगानीकर्ताको ध्यान भने राम्रा कम्पनीमा परिरहेको छ ।

राम्रो वित्तीय अवस्था भएका कम्पनी खोज्ने क्रममा लगानीकर्ताको ध्यान माउन्टेन इनर्जीको शेयरमा देखिएको छ । वित्तीय विवरण राम्रो भएकाले दोस्रो बजारमा सूचिकृत भएदेखिनै मूल्यमा उछाल देखिन्छ । दोस्रो बजारमा कारोबार शुरु भए लगतै यसको शेयर मूल्य निरन्तर बढीरहेकोमा लामो समय ७०० को हाराहारीमा नै रहेको थियो । कम्पनीले लगानी गरेको मिस्ट्री खोला आयोजनाले विद्युत उत्पादन गर्ने भए सँगै यस कम्पनीको शेयरमा थप उछाल आएको छ ।

Prabhu
Crest

निजी क्षेत्रको सबैभन्दा ठुलो लगानी रहेको यो कम्पनी ३-४ वर्षदेखि निरन्तर नाफामा रहेको छ । प्राथमिक शेयर निष्काशन नै प्रिमियम मूल्यमा गर्न सक्ने वित्तीय अवस्था भएता पनि यसले सय अंकित दरमा आईपिओ निष्काशन गरेको र यसमा माग भन्दा ७ गुणा ज्यादा आवेदन समेत परेको थियो ।

यस कम्पनीको तीन प्रोजेक्ट मध्ये ५ मेगावाट क्षमता रहेको टाडी खोला आयोजना हाल संचालन भईरहेको र यसले निरन्तर आम्दानी दिईरहेको छ । अर्को ४२ मेगावाट क्षमता रहेको मिस्ट्री खोला आयोजनाको सम्पूर्ण निर्माण कार्य सकिएर बिद्युत उत्पादनको लागी टेस्टीङ्ग पनि सकिसकेको छ । यो आयोजनाको प्रति मेगावाट १४ करोड भन्दा कम भएकाले पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

चालु आर्थिक वर्षदेखि नै यस आयोजनाले विद्युत उत्पादन सुरु गरि आम्दानी गर्ने भएकाले चौथो त्रैमासमै मुनाफा बढ्ने प्रक्षेपण गरिएको छ । कम्पनीको सञ्चित मुनाफा ३४ करोड भन्दा बढी छ । मिस्ट्री खोलाको समेत मुनाफा गणना हुने हुँदा वितरण योग्य मुनाफा थप बढ्ने छ ।

यस सँगै कम्पनीको १२ मेगावाट क्षमता रहेको क्यासकेड प्रोजेक्ट मिस्ट्री खोला २ आयोजनाको सम्पूर्ण अध्ययन सकिसकेको र अब आयोजना निर्माण कार्यको तयारी गरीरहेको र यसका लागी आवश्यक पर्न सक्ने पूँजीको लागी बैकल्पीक उपायहरुको खोजी गर्न विभिन्न सम्बद्ध पक्षहरु संगको छलफललाई अघि बढाइसकिएको कम्पनीले जनाएको छ ।

यस कम्पनीको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरण हेर्दा १ अर्ब ९६ करोड ८० लाख २७ हजार चुक्ता पूँजी रहेको र १३०.८८ प्रति शेयर नेट वर्थ रहेको छ भने ८० प्रतिशत संस्थापक शेयर होल्डीङ्ग र २० प्रतिशत सर्वसाधारणमा शेयर होल्डीङ्ग रहेको छ । साथै, नेपाल इन्भेष्टमेण्ट बैँक, नबिल बैँक, नेपाल बैँक, लक्ष्मी बैँक र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा अन्य व्यवसायीको लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS