नेशनल माइक्रोफाइनान्सद्धारा धादिङ जिल्ला अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले धादिङ जिल्ला अस्पताललाई आर्थिक सहयोग गरेको छ। माईक्रोफाइनान्सले अस्पताललाई २ लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झा र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला क्षेत्रीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक हस्तानन्तरण गरेका थिए ।

धादिङबेसीस्थित अस्पताललाई कोरोना संक्रमण रोग नियन्त्रण तथा व्यवस्थापनको लागि अति आवश्यक स्वास्थ्य समाग्रीहरु व्यवस्थापनको लागि माईक्रोफाइनान्सले उक्र सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार