IME Life

युनियन हाइड्रोपावरको संयुक्त साधारण सभा असार २५ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले १३औँ र १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।  उक्त सभा तलिलतपुर ३ धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले बताएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिने एजेण्डा रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा कम्पनीको चौधौँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने , कम्पनीको नियमावली संशोधन गर्ने  लगायतका प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS