IME Life

निषेधाज्ञा एक साता थपियो, बीमा कम्पनी हप्ताको दुई दिन खोल्न पाइने

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ नियन्त्रण तथा रोकथामका क्रममा जारी गरिएको निषेधाज्ञालाई केहि खुकुलो पार्ने निर्णय भएको छ । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई केहि खुकुलो पार्दै थप एक साता लम्बाउने निर्णय भएको हो । यस भन्दा अगाडि जेठ १९ गते बसेको संयुक्त बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

खाद्यान्न पसल तथा पुस्तक पसलहरु विहान ११ बजेसम्म खोल्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । वित्तीय संस्था, सहकारी संस्था, बीमा कम्पनी, रेमिट्यान्स सेवा प्रदायकहरुलाई हप्ताको दुई दिन आइतबार र बिहीबार खोल्न दिने निर्णय भएको निरौलाले जानकारी दिए ।

Prabhu
Crest

यसका साथै निर्माण सामाग्री ढुवानीका साधनहरु वेलुका ९ बजेदखि विहान ५ बजेसम्म सञ्चालन गर्न दिन निर्णय भएको छ ।

कोभिड १९ को जोखिम अझै बाँकी नै रहेकाले पुर्ण रुपमा निषेधाज्ञा नहटाउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको थियो । अझै पनि १०० जनामा कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण देखिदै आएको छ । यदि १०० जनामा २ जनामा मात्रै कोरोना संक्रमण देखियो भने समान्य रुपमा लिन सकिने मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS