IME Life

दुई लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । दुई संस्थाको संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । एनआईसी एशिया बैंककै स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

बैंकले लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको मूल्य न्यूनतम ४७७ रुपैयाँ तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS