IME Life

आइएमई लाइफको साधारण सभा भोलि ,आईपीओ निष्काशन प्रस्ताव पेश हुने

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजे गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभामा संचालक समितिले वार्षिक प्रतिवेदन २०७६र/७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ /७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ /७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

त्यस्तै, कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने प्रस्ताव समेत पेश हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS