IME Life

विदेशी रि-इन्स्योरेन्स ब्रोकरले नेपालमा शाखा खोल्न पाउने, ५० हजार अमेरिकी डलर डिपोजिट गर्नु पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले विदेशी पुनर्बीमा दलाललाई नेपालमा शाखा खोल्ने बाटो खोलिदिएको छ । समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै उनिहरुलाई नेपालमा शाखा खोल्ने तथा नेपाली ब्रोकर कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरिदिएको हो ।

नेपाली बीमक/पुनर्बीमक तथा अन्तर्राष्ट्रिय बीमक तथा पुनर्बीमकहरुको पुनर्बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले सम्पर्क कार्यालय वा शाखा खोल्ने इजाजतको लागि बीमा समितिमा निवेदन दिनु पर्ने छ । बीमा समितिले मापदण्ड पुरा गरेका त्यस्ता संस्थालाई सम्पुर्क वा शाखा कार्यलाय खोल्न इजाजत दिने छ ।

Prabhu
Crest

बीमा समितिले आव्यक कागजपत्र हेरेर शाखा कार्यालय खोल्नका लागि आशयपत्र दिने छ । आशयपत्र प्राप्त भए पछि ब्रोकिङ कार्य गर्नु अघि उनिहरुले नेपालको ‘क’ वर्गका बाणिज्य बैंकहरुमा सेक्युरिटि डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नु पर्नेछ । हालको अमेरिकी डलरको विनिमयदर अनुसार उनिहरुले ५८ लाख रुपैयाँ जम्ममा गर्नु पर्ने हुन्छ ।

नेपाली पुनर्बीमा दाललसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्नेछन् । पुनर्बीमा दाललको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकृतको अलावा आवश्यकता अनुसार एक जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिने व्यवस्था गरिएको छ । र अन्य कर्मचारीहरुको हकमा नेपाली नागरिक नागरिक नियुक्त गर्नु पर्ने व्यवस्था गरिएको छ ।

रि-इन्स्योरेन्स ब्रोकर नहुँदा नेपाल पुनर्बीमा कम्पनीले समस्या भोग्दै आइरहेको छ । समितिले हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई नयाँ लाइसेन्स दिएसँगै पुनर्बीमा ब्रोकरका लागि पनि नीतिगत व्यवस्था गरिदिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS