IME Life

फाइनान्सका शेयरधनीले एक वर्षमै बढाए ३.७७ गुणाले पोर्टफोलियो, किन आकासियो शेयर मूल्य ? यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । फाइनान्सका शेयरधनीहरुले एक वर्षको अन्तरालमै ३.७७ गुणाले आफ्नो पोर्टफोलियो बढाएका छन् । शेयर बजार विगत एक वर्षदेखि लगातार सुधार भइरहेको छ । यो बुलमा फाइनान्सका शेयरधनीहरुले सर्वाधिक धेरै कमाएका हुन् ।

बजार सुधार हुँदा प्राय बीमा कम्पनी तथा लघुवित्तको मात्रै शेयर मूल्य बढ्ने गरेकोमा यस वर्ष फाइनान्सको शेयर मूल्यमा उछाल आइरहेको छ । अझ पछिल्लो एक महिनामा फाइनान्सको शेयर मूल्यमा हरेक दिन सकारात्मक सर्किट लागिरहेको छ । कतिपय फाइनान्सको प्रतिशेयर आम्दानी एक रुपैयाँ हाराहारी छ तर बजार मूल्य भने आकासिदै गइरहेको छ ।

Prabhu
Crest
फाइनान्सको शेयर मूल्य

केहि समय अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा फाइनान्स तथा विकास बैंकहरुलाई बचाउने बताएका थिए । उनले बाणिज्य बैंकहरुको संख्या घटाउने नीति यथावत रहेता पनि विकास बैंक र फाइनान्सको संख्या भने अव नघटाउने बताएका थिए । उनको यहि अभिव्यक्ति पछि प्रतिशेयर आम्दानी एक रुपैयाँ भएका फाइनान्सको शेयर मूल्य पनि आकासिएको हो ।

गभर्नर अधिकारीको उक्त अभिव्यक्तिलाई आधार मान्दै कतिपय बजार विश्लेषकहरुले अव फाइनान्सहरुले पूँजी बढाउने विश्लेषण गरेका छन् । प्रायः फाइनान्स कम्पनीको शेयर मूल्य मर्जर हुने हल्लाले बढ्ने गरेकोमा यस वर्ष भने मर्जर नहुने अभिव्यक्तिले बढिरहेको छ ।

फाइनान्सको चुक्ता पूँजी

कतिपय फाइनान्सको वित्तीय विवरण राम्रो छ । उनिहरुलाई व्यवसाय विस्तारका लागि थप पूँजीको आवश्यक पर्न सक्ने उनिहरुको विश्लेषण छ । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी बढाउन दिइरहेको छैन् । बोनस शेयरमा केहि लचक देखिए पनि हकप्रद शेयर निष्काशनमा रोक लगाइएको छ । यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थालाई थप व्यवसाय बढाउन पूँजी आवश्यक परिसकेको छ ।

राष्ट्र बैंकले मर्जरका लागि दबाव दिन लिएको पोलिसी अव फाइनान्स तथा विकास बैंकमा लागु हुँदैन भने पूँजी बढाउन पनि ढोका खोलिदिन सक्ने उनिहरुको आंकलन छ । यहि आधारलाई विश्लेषण गर्दै लगानीकर्ताहरु फाइनान्समा आकर्षित भएका हुन् ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका फाइनान्सको चुक्ता  पूँजी ८० करोड रुपैयाँ तोकेको छ । अधिकांश फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ हाराहारीमै छ । त्यसैले गर्दा कतिपय फाइनान्सले बोनस शेयर तथा हकप्रद शेयर  निष्काशन गर्नु पर्ने बाध्यता पनि छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार केहि फाइनान्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ भन्दामाथि छ । अन्य लघुवित्त वित्तीय संस्थाहरुको सरह प्रतिशेयर आम्दानी भएकाले पनि ति फाइनान्सको शेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ छ । यसले गर्दा पछिल्लो दिनमा यस संस्थाको बजार मूल्यमा आक्रमक सुधार भईरहेको छ । ठिक एक वर्ष अगाडि फाइनान्सको बजार मूल्य २३५ रुपैयाँ थियो तर अहिले ९०७ रुपैयाँ पुगिसकेको छ ।

गोर्खाज  फाइनान्सको पनि प्रतिशेयर आम्दानी ४२ रुपैयाँ छ । त्यसैले गर्दा बजार मूल्य ११६० रुपैयाँ पुगिसकेको छ । जवकी एक वर्ष अघि यस फाइनान्सको बजार मूल्य ११० रुपैयाँ मात्रै थियो ।

अर्को तर्फ अन्य बाणिज्य बैंकहरुको तुलनामा फाइनान्सको शेयर सप्लाइ कम छ । बुलिस बजारमा शेयर सप्लाइ कम भएका कम्पनीलाई खेलाडीले सजिलै खेलाउन सक्छन् । शेयर सप्लाइ कम त्यसमा पनि गभर्नरको अभिव्यक्तिले गर्दा खेलाडीलाई फाइनान्सको शेयरमा उछाल ल्याउन खासै कसरत गर्नु परेको छैन । अधिक शेयर सप्लाइका कारण अण्डरभ्यालुका बाणिज्य बैंकको शेयर बढ्न सकेको छैन । तर फाइनान्सले कुनै ठोस योजना सर्वजनिक नगरि अनुमानका भरमा बजारमा खेल्न खोज्दा  यि कम्पनीको मूल्य बढिरहेको देखिन्छ ।

प्रतिशेयर आम्दानी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS