निषेधाज्ञाले बाणिज्य बैंकहरुको कर्जा विस्तार रोकिएन, सिसिडी रेसियो ७९.०३ प्रतिशत

काठमाडौं । स्थानीय निकायले कोभिड -१९ को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गर्दा पनि बाणिज्य बैंकहरुको कर्जा विस्तार भने रोकिएको छैन । जेठ महिनाको तीन सातामा बाणिज्य बैंकहरुले २३ अर्ब रुपैयाँले कर्जा विस्तार गरिसकेका छन् । जवकी यहि अवधिमा निक्षेप संकलन भने १३ अर्ब रुपैयाँले मात्रै बढेको छ । जेठ २१ गतेसम्ममा बैंकहरुले ३६ खर्ब ३४ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् ।

बैंशाख पहिलो साता कर्जा विस्तार ऋणात्मक देखिए पनि दोस्रो सातेदेखि भने लगातार बढिरहेको छ । जेठ तेस्रो सातासम्ममा बैंकहरुले ३९ खर्ब ६९ अर्ब रुपैयाँले निक्षेप संकलन भएको छ ।

बाणिज्य बैंकहरुको कर्जा स्रोत परिचालन अनुपात विस्तार खुम्चिन थालेको छ । यदि एक वर्ष अगाडीको मौद्रिक नीतिलाई हेर्ने हो भने यो सबैभन्दा नाजुक अवस्था हो । जेठ २१ गतेसम्मको कर्जा विस्तार तथा निक्षेप संकलनका आधारमा बाणिज्य बैंकहरुको सिसिडी रेसियो ७९.०३ प्रतिशत रहेको छ । जेठ दोस्रो साताको अवधिमा भने ७८.९० प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले कोभिड -१९ को पेण्डामिक समयमा तरलताको अभाव नहोस भनेर सिसिडी रेसियो ८५ प्रतिशतसम्म कायम राख्न पाउने सुविधा दिएको छ । अन्यथा यसले बाणिज्य बैंकहरुको तरलता टाइट हुँदै गैरहेको संकेत प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार