IME Life

ब्रोकर कम्पनीका गोप्य मालिक राजनीतिक व्यक्तिले बैंकलाई ब्रोकर लाइसेन्स दिन रोक लगाए

SPIL
NIC ASIA

पर्शुराम कुँवर । हालै एक जना प्रभावशाली व्यक्तित्वले बैंकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण हो भनेर आरोप लगाउनु भयो ।  ब्रोकरहरुले सम्वन्धित पक्षलाई पैसा खुवाएको उहाँको आरोप छ । यो जे पायो त्यही भन्ने व्यक्तिले भनेको होईन ! यसले निश्चित रुपमा केही अर्थ राख्छ ।

बजारमा के पनि आरोप लागेको सुनिन्छ भने यी ब्रोकर कम्पनीहरुको वास्तविक / गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु हुन् । यिनीहरुले नै पक्षपोषण गर्ने गरेका छन् । यी आरोपहरुमा सत्यता छ कि भन्ने आशंका केही उदाहरणहरुले संकेत गर्दछ।  जस्तै, अध्ययनको नाममा ब्रोकर कमिशन घटाउन चाहिने भन्दा बढी समय लिईयो, आफ्नै कार्यदलले सिफारिस गरे जतिको पनि घटाइएन र त्यो कमीशन दरलाई fixed rate को रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो /अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई/प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिन्थ्यो। गरिएन ।

Prabhu
Crest

बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाए भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा अमुक दर्शक भएर वसेका छन् । किन ? बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिन्छ, यो सही होईन । शेयर ब्रोकरी गर्ने, बीमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिटी किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन् ।

यी कार्यहरु गर्ने निश्चित सिमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भएको (विदेशी) बैकले यी काम गरेको देखेको छु ।

वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिएको छ । किन?  सेटलमेन्ट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पसिन आउन थालेको छ।

ढुंगे युगमा नै नवसौं । अगाडी बढौं । महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणामको फरक आशा गर्नु पागलपन हो, मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं ।  फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु  अत्याचार नगर्नु ।

(वरिष्ठ बैंकर पर्शुराम कुँवर को  फेसबुकबाट साभार)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS