IME Life

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नरहेको कम्पनीले जानकारी दिएको छ ।

बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS